२५ जेष्ठ २०८२, आइतबार | Sun Jun 8 2025


चीनको बन्दरगाह सहर निङ्गबोस्थित एक कारखानामा विस्फोट


0
Shares

विस्फोटमा परी दर्जनौ व्यक्ति घाइते भएका छन् भने कैयौ भवन ध्वस्त भएका राज्यद्वारा सञ्चालित सञ्चार माध्यम र स्थानीय अधिकारीले जनाएका छन् ।

निङ्गबो सरकारका अनुसार यस शक्तिशाली विस्फोट कसरी भयो भन्ने हालसम्म पत्ता लागेको छैन ।

जिआङ्बे जिल्लामा अवस्थित सो कारखानामा विस्फोट स्थानीय समयानुसार आइतबार बिहान ९ बजे भएकोे थियो ।

स्थानीय अधिकारीका अनुसार विस्फोटमा परी दुईजनाको मृत्यु हुनुको साथै अन्य दुई गम्भीर घाइते भएका थिए । सामान्य घाइतेको निङ्गबोमा उपचार भइरहेको बताइएको छ ।

राज्यद्वारा सञ्चालित सञ्चार माध्यमका अनुसार यस आक्रमणमा परी ३० भन्दा बढी सामान्य घाइते भएका छन् । (रासस/एएफपी)