१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


नेकपाका तीन कार्यकर्ता विस्फोटक पदार्थ बनाउने सामग्रीसहित पक्राउ


0
Shares

विस्फोटक पदार्थ बनाउन प्रयोग गरिने कच्चापदार्थसहित बागमतीबाट उनीहरुलाई पक्राउ गरिएको सर्लाहीका प्रहरी प्रवक्ता एवं डीएसपी राजेश थापाले जानकारी दिए ।

पक्राउ पर्नेहरुमा बागमती नगरपालिका–९ का ३५ वर्षीय मानबहादुर वाइवा, बागमती नगरपालिका–४ का ५० वर्षीय वुद्धिमान गोले र सिन्धुली घर भइ हाल बागमती बस्ने ४८ वर्षीय सन्तवीर स्याङतान छन् ।

उनीहरुमध्ये मानबहादुरको साथबाट विस्फोट गराउन तयारी अवस्थामा राखिएको ब्याट्री, तार, डेटोनेटर, रिमोट, टेप, टेस्टरलगायतका विद्युतीय उपकरण प्रहरीले बरामद गरेको छ ।

उनीसँग सोधपुछ गरेपछि प्रहरीले उनका सहयोगी गोले र स्याङतानलाई पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय मलंगवाको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।