
लमजुङको मध्यनेपाल नगरपालिका–७ भोर्लेटारको रामबजारबाट कास्कीतर्फ जाँदै गरेका चार युवालाई निर्वाचन बिथोल्न जान लागेको आशंकामा प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा सुन्दरबजार–९ भोटेओडारका रमेश कार्की, कास्की, रुपा गाउँपालिका, फलाङकोटका उमाकान्त खनाल, किसन श्रेष्ठ र प्रताप खनाल रहेका छन् ।
उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक छानबिन गरिरहेको प्रहरीले जनाएको छ ।
सीमा सुरक्षा चेकजाँचकाक्रममा उनीहरु पक्राउ परेको भोर्लेटार इलाका प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक जयराम वन्तले जानकारी दिए ।
प्रहरीले उनीहरुको साथबाट खुकुरीसहित दुई लिटर पेट्रोल, नेपाली कांग्रेस र वाम गठबन्धनको झन्डा बरामद गरेको छ ।
तनहुँ र कास्कीमा बिहीबार हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै लमजुङ प्रशासनले सीमा सुरक्षा चेकजाँचमा कडाइ गरेको छ ।
प्रतिक्रिया दिनुहोस्