जुवा खेल्ने र खेलाउने २३ जना क्यासिनोबाट पक्राउ • Image Khabar Image Khabar


जुवा खेल्ने र खेलाउने २३ जना क्यासिनोबाट पक्राउ


Imagekhabar
२४ मंसिर २०७४, आईतवार १६:०४

जुवा खेल्ने र खेलाउने २३ जना क्यासिनोबाट पक्राउ

महानगरीय प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले क्यासिनो माजोङ छिरेर जुवा खेल्दै गरेका १२ जना र जुवा खेल्न क्यासिनो प्रवेश गराउने कर्मचारी तथा जुवा खेलाउने ११ जनालाई आइतबार बिहान ३ बजे पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरले आइतबार आयोजित पत्रकार सम्मेलनमा पक्राउ परेका २३ जनामध्ये चारजना विदेशी रहेकाले उनीहरुलाई छाडिएको र बाँकी १९ जनालाई नियन्त्रणमा लिइएको जनाएको छ ।

परिसरका प्रमुख रवीन्द्र धानुकले क्यासिनोले नेपालीलाई नक्कली कार्ड बनाएर प्रवेश गराई जुवा खेलाइरहेको भन्ने सूचनाका आधारमा जाँच गर्दा उनीहरू पक्राउ परेको जनाए ।

पक्राउ परेकासँग प्रहरीले ४ लाख ४३ हजार २४६ नेपाली रुपैयाँ, भारतीय रुपैयाँ १००, अरेवियन दिनार १००, अमेरिकन डलर १३०, एक हजार दरका सिक्का २७ थान, ५०० दरका सिक्का दुई थान, १०० दरका सिक्का ६ थान र रु सातलाख नेपाली रुपैयाँको चेक एकथान बरामद गरेको छ । रासस

प्रतिक्रिया दिनुहोस्