
मंगलबार राजधानीमा पत्रकार सम्मेलन गरी नेपाल ह्विलचियर क्रिकेट एसोसिएसनले प्रतियोगिताकोबारेमा जानकारी गराएको हो ।
आगामी बिहीबारदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने तीनदिने प्रतियोगितामा आयोजक नेपालसहित भारत र बंगलादेशका राष्ट्रिय टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
‘राउन्ड रोबिन लिग’का आधारमा सन्चालन हुने प्रतियोगितामा समूहका शीर्ष दुई स्थानमा रहने टोलीले उपाधिका लागि खेल्नेछन् ।
प्रतियोगितालाई सुशील कोइराला मेमोरियल फाउन्डेसनले प्रमुख प्रायोजन गरेको छ ।
प्रतिक्रिया दिनुहोस्