जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो) • Image Khabar Image Khabar


जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो)


Imagekhabar
१५ असार २०७५, शुक्रबार ०४:३३

जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो)

सन्तोष राउत (इमेज)

सोलुखुम्बु, असार १५ । सोलुखुम्बुको सोलुदूधकुन्ड नगरपालिका–११, तिङलाको बरबोटडाँडानजिक रहेको महादेवस्थान भीरमा शुक्रबार एक जीप दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ ।

६ जनाको घटनास्थलमै र एकजनाको जिल्ला अस्पताल फाप्लुमा उपचारकाक्रममा मृत्यु भएको हो ।

सातजना यात्री बोकेर नेचासल्यान गाउँपालिकाको सल्यानबाट सदरमुकाम सल्लेरीका लागि छुटेको को१ज १८६० नम्बरको बोलेरो जीप शुक्रबार बिहान साढे ७ बजेतिर सडकबाट करिब एक किलोमिटर तल खसेको थियो ।

मृत्यु हुनेहरुमा जीपचालक उदयपुर, सिरिसे–८ का कुसाङ तामाङ, नेचासल्यान गाउँपालिका–२, खाल्पाकी सुशीला खड्का, नेचासल्यान गाउँपालिका–२ की महेन्द्रोदय माध्यमिक विद्यालयकी लेखापाल उर्मिला बास्तोला, सिरहा घर भएका वन कार्यालयमा कार्यरत् फरेस्टर शिवकुमार यादव, सोही कार्यालयकी वनरक्षक कोपिला कार्की (बस्नेत) र जीपधनी ओखलढुंगा, माम्खा–५ का श्यामकुमार राई रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

यस्तै, दुर्घटनामा गम्भीर घाइते भएकी १० वर्षीय बालिका सुष्मा खड्काको पनि उपचारकाक्रममा मृत्यु भएको छ ।

नेपाल प्रहरी, नेपाली सेना र स्थानीयले शवलाई भीरबाट निकालेका थिए । घटनास्थल सदरमुकाम सल्लेरीबाट करिब १३ किलोमिटर टाढा पर्दछ ।

भिडियो हेर्नुहोस्

जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो)

जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो)

जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो)

जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो)

जीप दुर्घटनामा गयो ७ जनाको ज्यान, सबैको सनाखत (फोटो-भिडियो)

 

प्रतिक्रिया दिनुहोस्