Logo ३१ आश्विन २०८३, शनिबार | Sat Oct 17 2026


कागेश्वरी मनोहराकी इन्जिनियर कार्की घुसरकमसहित रंगेहात पक्राउ


1.5k
Shares

काठमाडौं । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर दीपा कार्की घुसरकमसहित पक्राउ परेकी छन्।

नगरपालिकामा सातौं तहमा कार्यरत कार्की र मध्यस्थता गर्ने आस्मा कार्कीलाई अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको हो। इन्जिनियर कार्कीले स्ट्रक्चर एनालिसिसु काम स्वीकृत गरेबापत बार्गेनिङ गर्दै पटक-पटक दुःख दिएको भन्दै सेवाग्राहीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी गरेका थिए ।

उक्त उजुरीका आधारमा अख्तियारको टोलीले उनीहरूलाई ६४ हजार घुससहित नगरपालिकाको कार्यालय थलीबाट पक्राउ गरेको हो। उनीहरू दुवैविरुद्ध मंगलबार विशेष अदालतको आदेशबाट भ्रष्टाचार सम्बन्धी मुद्दामा म्याद थप भई अनुसन्धान प्रक्रिया अघि बढाएको अख्तियारले जनाएको छ।

Skip This