
दक्षिण एसियाली राष्ट्रबीच हुने उक्त च्याम्पियनसिप प्रतियोगिता बंगालादेशको ढाकामा आगामी सेप्टेम्बर ४ देखि १५ तारिखसम्म हुने अखिल नेपाल फुटबल संघ (एन्फा)ले जनाएको ।
हरेक दुई/दुई वर्षमा आयोजना हुने भनिएको उक्त प्रतियोगिता यसै महिनामा सन्चालन गर्ने सन् २०१६ मै निर्णय भएपनि साफले खेलको मिति परिवर्तन गरेको हो ।
भारतमा सन् २०१५ मा भएको ११औं साफ च्याम्पियनसिपपछि करिब एक वर्ष ढिलागरी प्रतियोगिता आयोजना हुन लागेको छ ।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, पाकिस्तान र माल्दिभ्सले प्रतिस्पर्धा गर्नेछन् ।
बंगलादेशमा आयोजना हुन लागेको उक्त प्रतियोगिता यो तेस्रोपटक हो । यसअघि सन् २००३ र २००९ मा बंगलादेशले सो प्रतियोगिता आयोजना गरेको थियो । रासस
प्रतिक्रिया दिनुहोस्