२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


‘डेजाभु नाइट क्लब’का सन्चालकसहित ८ जना समातिए


0
Shares

चर्चित अन्तर्राष्ट्रिय ‘डिस्को जक्की’ मार्समेलोले बुधबार क्लबमा प्रस्तुति दिने भन्दै क्लबका सन्चालकले करिब ५ हजार जना सेवाग्राहीबाट टिकटको रकम उठाएका थिए । तर, मार्समेलो नआएपछि उठाएको रकम फिर्ता गर्न सन्चालक र आयोजकले अटेरी गरेको उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिपेश लोहोनीले जानकारी दिए ।

पक्राउ पर्नेमा पृथु बाँस्कोटा, मयक खड्का, जयन श्रेष्ठ, आकाश न्यौपाने, विशाल डाँगी, मिलन श्रेष्ठ, राजीव महर्जन र रितेश माडवाडी रहेका छन् । उनीहरुले टिकटबापत रु २ हजारदेखि ५ हजारसम्म प्रतिव्यक्ति उठाएको महाशाखाका प्रमुख लोहनीले जानकारी दिए ।

पूर्वनिर्धारित कार्यक्रमअनुसार बुधबार मार्समेलो बिमारी भएको भन्दै क्लबको कार्यक्रममा उपस्थित नभएपछि कार्यक्रममा आएका सेवाग्राहीले क्लबमा तोडफोडसमेत गरेका थिए । रासस