२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


ब्राउन सुगर सहित २ भारतीय युवक पक्राउ


0
Shares

महाकाली नगरपालिका वडा नं. १ पशुपती वोर्डिङ्ग स्कुल नजिक उनि दुबैलाई सुक्रवार साझ प्रहरीले नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका जानकारी दिएका छ ।

प्रहरीले भारतको सिमावर्ति जिल्ला चम्पावत, बानबासा बस्ने २८ वर्षिय पवन सिंह खोलीया र २४ बर्षिय जितेन्द्र चन्दलाई प्रहरीले लागु औषध ब्राउन सुगर सहित पक्राउ गरेको हो ।

उनीहरुलाई ४ सय मिलिग्राम लागु औषध ब्राउन सुगर र युए ०३५३ नम्वरको भारतिय नम्वर प्लेटको मोटरसाईकल सहित नियन्त्रणमा लिएको हो ।

सुदुरपश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयको टोलीले ब्यापारी बनेर बिगत ६ महिना देखि पछ्याई रहेको बताएका छन् ।

प्रहरीले उनीहरुलाई सेम्पल लिएर आउनको लागी माहाकाली नगरपालिका वडा नं. १ मा बोलाएपछि नियन्त्रणमा लिएको शुदुर पश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयका टोली ईन्चार्ज धनन्यजय मल्लले जानकारी दिएका छन् ।

यिनीहरु मध्ये पवन खौलिया बिगत लामो समय देखि लागु औषध कारोवारमा संलग्न भएका ब्यक्ती रहेका र शुदुर पश्चिम लागु औषध नियन्त्रण ब्युरो शाखा कार्यालयका टोली ईन्चार्ज मल्लले बताए ।

अनुसन्धानका लागी दुवै युवकलाई लागु औषधसहित जिल्ला प्रहरी कार्यालय ल्याईएको र म्याद थप गरी लागु औषध बेचविखन तथा ओसार पसार अन्र्तगत मुद्दा दर्ता गरी कार्वाही अगाडि वढाइने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक ज्ञान बहादुर सेटिले जानकारी दिए ।