२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


मलेसियालाई हराउँदै नेपाल एसीसी यु–१६ क्रिकेटको फाइनलमा


0
Shares

शनिबार भएको सेमिफाइनलमा मलेसियालाई ७२ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो ।

थाइल्यान्डमा जारी प्रतियोगितामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित् ३५ ओभरमा ८ विकेट गुमाउँदै १२७ रन बनायो । नेपालका लागि प्रतिश जिसीले सर्वाधिक २५ रनको योगदान गरे ।

जवाफमा १२८ रनको विजय लक्ष्य पछ्याएको मलेसिया २१ ओभर १ बलमा ५५ रनमै अलआउट भयो ।

नेपालका लागि सूर्य तामाङले सर्वाधिक ४ विकेट लिँदा नारायण जोशीले ३ विकेट लिए ।

प्रतियोगिताको उपाधिका लागि अब नेपालले आइतबार (भोलि) सिंगापुरको सामना गर्नेछ ।

प्रतियोगिताअन्तर्गत् शनिबारै भएको अर्को सेमिफाइनलमा हङकङलाई हराउँदै सिंगापुरले फाइनलमा स्थान बनाएको हो ।