२० असार २०८२, शुक्रबार | Fri Jul 4 2025


साफ यु–१५ महिला फुटबल प्रतियोगितामा बंगलादेशसँग नेपाल पराजित


0
Shares

बंगलादेशको ढाकामा भएको उद्घाटन खेलमा नेपाल बंगलादेशसँग ६–० को फराकिलो अन्तरले पराजित भएको हो ।

नेपालमाथि आधा दर्जन गोल बर्षाउने क्रममा तोहुरा खातुनले ह्याट्रिक गरिन् भने अनुचिङ मोगिनीले २ तथा मोनिका चाक्माले १ गोल गरिन् ।

नेपाल र बंगलादेशसँगै भारत र भुटानको सहभागिता रहेको प्रतियोगितामा राउन्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् । नेपालले दोस्रो खेल मंगलबार भारतसँग र तेस्रो खेल बिहीबार भुटानसंग खेल्नेछ ।