दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र न्यू बुद्ध अन्तिम आठमा • Image Khabar Image Khabar


दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र न्यू बुद्ध अन्तिम आठमा


Imagekhabar
२ पुष २०७४, आईतवार १९:५०

दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र न्यू बुद्ध अन्तिम आठमा

आइतबार भएका खेलमा फराकिलो अन्तरको जित दर्ता गर्दै दुवै टोली अन्तिम आठमा प्रवेश गरेका हुन् । भारतको हल्द्वानी व्वाईज नआएपछि आयोजक फारवेष्ट पशुपति युवा क्लव ए पनि सिधैं सेमिफानल प्रवेशका लागि खेल्न पाउने भएको छ ।

धनगढी रंगशालामा आइतबार भएको पहिलो खेलमा दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमीले धनगढीको हसनपुर युवा क्लवलाई ८–० को फराकिलो अन्तरले किनारा लगाएको हो । एकेडेमीलाई जिताउन हस्तराज गिरी र गणेश नेपालीले ह्याट्रिक गरे ।

गिरीले पहिलो हाफको १७, दोस्रो हाफको ४८ र ६२ मिनेटमा गोल गरे । गणेश नेपालीले ह्याट्रिक सहित ५ गोल एक्लै गर्दा पहिलो हाफको १९ मिनेटमा पहिलो व्यक्तिगत गोल गरे ।

त्यसपछि उनले पहिलो हाफको ३० तथा दोस्रो हाफको ५१, ५७ र ६० मिनेटमा थप चार गोल थपे ।

गणेश नेपाली म्यान अफ द म्याद भए ।

स्पोर्टस स्कुल फुटवल एकेडेमीका प्रशिक्षक विदुर गुरुङले खेलाडीहरुले सोचेअनुसारको खेल देखाएकोले सानदार जित हासिल गरेको बताए ।

हसनपुर युवा क्लवका प्रशिक्षक सन्जय चौधरीले आफ्ना खेलाडीले राम्रो खेल्न नसकेको र पाएका मौका सदुपयोग गर्न नसकेको बताए ।

दोस्रो खेलमा न्यू बुद्ध युवा क्लवले चौमलाको मंगल युवा क्लवलाई ६–४ को अन्तरले हरायो । निकै प्रतिश्पर्धात्मक खेलमा न्यू बुद्धका लागि सुन्दर घिसिङले ह्याट्रिक गरे । उनले पहिलो हाफको २० र २६ औं तथा दोस्रो हाफको ४० औं मिनेटमा गोल गरे ।

न्यू बुद्धका लागि दोस्रो हाफमा लक्ष्मण शाहीले ५५, सुरज शाहीले ५७ र वाल्टर चौधरीले ६७ औं मिनेटमा एक–एक गोल थपे ।

मंगल युवा क्लवले दोस्रो हाफमा नै चार गाले फर्कायो । मंगल युवा क्ल्वका लागि विनोद चौधरीले ३८, अर्जुन चौधरीले ५८ र योगेन्द्र चन्दले ७७ औं मिनेटमा गोल गरे । एक गोल आत्मघाती भयो ।

न्यू बुद्धका सुन्दर घिसिङ म्यान अफ द म्याद भए ।

न्यू बुद्ध युवा क्लबका प्रशिक्षका महेश गोलेले सुरुवातदेखि खेलाडीहरु लयमा रहेका कारण त्यसलाई निरन्तरता दिएकोले अर्को चरणमा पुगेको बताए ।

मंगल युवा क्लवका कप्तान योगेन्द्र चन्दले सुरुमा गोल खाएर दवावमा आएपछि दोस्रो हाफमा खेल फर्किने प्रयास सफल हुन नसकेको बताए ।

यो खेलसँगै क्वाटरफाईनल समिकरण पुरा भएको छ । सोमबारदेखि क्वाटरफाईनलका खेलहरु हुनेछन् ।

पहिलो क्वाटरफाईनलमा आयोजक फारवेष्ट पशुपति युवा क्लव बी र पिएफए अत्तरीया प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो क्वाटरफार्इनलमा फारवेष्ट अत्तरीया स्पोर्टस एकेडेमी र न्यू बुद्ध युवा क्लव भिड्ने छन् ।

मंसिर २८ गतेदेखि सुरु भएको प्रतियोगिता पुस ८ गतेसम्म सञ्चालन हुनेछ । फारवेष्ट पशुपति युवा क्लवले आयोजना गरेको प्रतियोगिताका विजेताले ३ लाख, उपविजेताले डेढ लाख र विभिन्न ५ विधाका उत्कृष्ट खेलाडीले जनही १० हजारका दरले ५० हजार गरी ५ लाखभन्दी बढी नगद पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्