
प्रभागबाट खटिएको टोलीले धादिङबाट काठमाडौं आउँदै गरेको बा ३ ख २८६६ नम्बरको बसमा झोलामा लुकाइल्याएको अवस्थामा सोमबार बिहान १० बजे तनहुँका विक्रम अधिकारीलाई पक्राउ गरेको हो ।
प्रभागका प्रमुख केशव भट्टका अनुसार पक्राउ अधिकारीसँग १६ एम्पुल डाइजेपाम, १६ एम्पुल लुर्फिजेसिक, १६ एम्पुल फेनार्गन र एकथान सिरिन्ज पक्राउ गरिएको जानकारी दिए ।
पक्राउ अधिकारीलाई थप अनुसन्धानका लागि महानगरीय प्रहरी वृत्त थानकोट पठाएको भट्टले बताए । रासस
प्रतिक्रिया दिनुहोस्