
सोमबार कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं किंग्स इलेभेनलाई ७ विकेटले हराउँदै ललितपुरले विजयी सुरुआत गरेको हो ।
काठमाडौंले दिएको ९० रनको सामान्य चुनौती ललितपुरले १६ ओभर ३ बलमा ३ विकेट गुमाएर पूरा गर्यो ।
ललितपुरको जितमा भारतीय खेलाडी जयकिसन कोल्सावालाले अविजित ४४ तथा कप्तान ज्ञानेन्द्र मल्लले २० रन बनाए ।
काठमाडौंका लागि श्रीलंकन खेलाडी अक्षु फर्नान्डोले २ तथा सोमपाल कामीले एक विकेट लिए ।
त्यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको काठमाडौंले १८ ओभर ३ बलमा अलआउट हुँदै ८९ रनमात्र बनाएको थियो ।
काठमाडौंका लागि अमित श्रेष्ठले २७ तथा सोमपालले १४ रन बनाए । कप्तान महरुफ र सुवोध कुमारले समान ७ रन बनाए ।
ललितपुरका लागि सुवोध भाटीले ४, ललित राजवंशीले ३, मेहबुव आलमले २ तथा योगेश नागरले एक विकेट लिए । ललित ‘म्यान अफ द म्याच’ घोषित भए ।
प्रतियोगिताअन्तर्गत् मंगलबार दुई खेल हुनेछन् । चितवन टाइगर्सले पोखरा राइनोजसँग तथा विराटनगर वारियर्सले ललितपुर प्याट्रियट्ससँग खेल्नेछ ।
पुस १५ गतेसम्म चल्ने ६ टिम सहभागी प्रतियोगिताको विजेताले २१ लाख रुपैयाँ जित्नेछ ।
प्रतिक्रिया दिनुहोस्