
एपीएफ क्लव काठमाडौंलाई ३-० गोल अन्तरले पराजित गर्दै सुनसरी–११ सेमिफाइनल प्रवेश गरेको हो । सुनसरीकोतर्फबाट पहिलो हाफको २७ औं र ३६ औं मिनेटमा हेमन्त थापा मगरले दुई गोल गरेका थिए ।
त्यस्तै सुनसरीकैतर्फबाट दोस्रो हाफको ६ मिनेटमा तिर्थ बस्नेतले थप एक गोल गरेका थिए ।
प्रतियोगिता अन्तर्गत सोमबार आयोजक फिदिम स्पोटिङ क्लव, फिदिम र विर्तामोड यूनाइटेड झापाबीच प्रतिस्पर्धा हुने भएको छ ।
आइतबारको खेलमा उत्कृष्ट प्रदर्शन गरेका सुनसरी–११ का हेमन्त थापा मगर नै म्यान अफ दि म्याच भए ।
प्रतिक्रिया दिनुहोस्