new chomoium watch for sale in march 2000 only • Image Khabar Image Khabar


new chomoium watch for sale in march 2000 only


Imagekhabar
६ जेष्ठ २०७५, आईतवार ०४:००

new chomoium watch for sale in march 2000 only

कैलाली, जेठ ६ । निर्वाचन भएको झण्डै तीन महिनापछि नेपाली कांग्रेसले आज प्रदेश नम्बर ७ को संसदीय दलको नेतामा डा. रणबहादुर रावललाई चयन गरेको छ ।

प्रदेश संसदमा १२ जना सांसद रहेको नेपाली कांग्रेसका सांसदहरु बीच सहमती जुट्न नसक्दा संसदीय दलको नेता चयन हुन सकेको थिएन ।

आइतबार बसेको कांग्रेस सांसदहरुको बैठकले डा. रावललाई सर्वसम्मत रुपमा संसदीय दलको नेता चयन गरेको सांसद उमादेवी वादीले जानकारी दिइन् ।

कांग्रेसमा भरतबहादुर खड्का र कर्णबहादुर मल्ल पनि रावलसँगै संसदीय दलको नेताका आकांक्षी थिए ।

आजको बैठकमा खड्का र मल्ल दुवै जनाले रावललाई समर्थन गरेपछि निर्विरोध रुपमा संसदीय दलको नेताको चयन भएको हो ।

प्रतिक्रिया दिनुहोस्