
अस्पतालमा रुघाखोकी, श्वासप्रश्वास, झाडापखाला, नाक, कान, घाँटी, दम, तथा छाती दुख्ने लगायतका बिरामी उपचारका लागि आउँछन् । चिसोकै कारण वृद्धवृद्धाहरु पनि श्वासप्रश्वास तथा दमको समस्या देखाउँदै अस्पताल भर्ना हुने गरेका छन् ।
बिरामीलाई घाममा राखेर उपचार गर्ने गरिएको छ । चिसोले बालबालिका र बृद्धबृद्धामा बढी असर परेको छ । बालबालिकामा रुघाखोकी र झाडापखालाको संक्रमण बढेको अस्पतालले जनाएको छ ।
अधिक चिसो बढेपछि रुकुम पूर्वका सामुदायिक विद्यालय १५ दिनका लागि बन्द गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्