
सागर महत
अर्घाखाँची, मंसिर २८ । अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जबरजस्ती करणीको आरोप लागेका फरार अभियुक्त मृत फेला परेका छन् ।
अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नम्बर–३ रातामाटाको पोखराचौरमा अन्दाजी ५५ वर्षीय स्थानीय प्रेमनारायण बन्जाडे रुखमा झुण्डिएको अवस्थामा मृत फेला परेका हुन् ।
बन्जाडेले भूमिकास्थान नगरपालिका वडा नम्बर ३ रातामाटाकै मानसिक सन्तुलन गुमाएकी एक महिलालार्इ जबर्जस्ती करणी गरेको आरोप लागेको थियो । घटनापछि उनी फरार थिए ।
बन्जाडेबिरुद्ध जवरजस्ती करणी गरेको अभियोगमा सन्धिखर्कस्थित जिल्ला प्रशासन कार्यालयमा मुद्दा दर्ता भएको थियो । जवरजस्ती करणीको मुद्दा लागेपछि उनी फरार थिए । अभियुक्त बन्जाडे प्रहरीको खोजी सूचीमा थिए ।
परिवारजनका अनुसार उनी मंसिर २६ गतेमात्र घरमा आएका थिए । मंसिर २७ गते आफ्नै घर नजिकै रहेको खन्युको रुखमा झुन्डिएको अवस्थामा उनलाई परिवारले फेला पारेका थिए ।
मृतक बन्जाडेको दुर्इ छोरी, एक छोरा र श्रीमती छन् । बन्जाडेले आफु आत्महत्या गर्नुअघि एक पत्र लेखेर झुण्डिएको पाइएको प्रहरी निरीक्षक गंभीरजंग थापाले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्