Logo १५ असार २०८३, सोमबार | Mon Jun 29 2026


बेल्जियममा बलात्कार पीडितको पोशाक प्रदर्शन


0
Shares

बेल्जियममा बलात्कार पीडितको पोशाक प्रदर्शनीमा राखिएको हो । ब्रसेल्सको मोलेनबीकमा गरिएको यो प्रदर्शनीलाई ‘इज माइ फल्ट ?’ अर्थात् ‘के यो मेरो गल्ती हो ?’ नाम दिइएको छ ।

प्रदर्शनीमा ती पोशाक राखिएका छन्, जो पीडितले बलात्कारको समयमा लगाएका थिए । आयोजकले पीडितबाट संकलन गरेका पोशाकलाई प्रदर्शनी कक्षमा राखेका हुन् ।

प्रदर्शनी आयोजकका अनुसार पोशाकका कारणमात्र महिला बलात्कारको शिकार भएको भन्न नसकिने निष्कर्ष उक्त प्रदर्शनीबाट आएको छ । प्रदर्शनीमा कतिपय यस्ता पोशाक पनि छन्, जो आम महिलाले लगाउने गर्दछन् । टिशर्ट, पाइन्टजस्ता पोशाक लगाएको अवस्थामा समेत महिला बलात्कृत भएका छन् ।

आयोजक संस्थाकी लिसवेथ केन्सले भनिन्, ‘प्रदर्शनीमा राखिएका कपडा यस्ता छन्, जो निकै साधारण लाग्छन् र त्यस्ता कपडा जोसूकैले लगाउने गरेका छन् ।’

उनले भनिन्, ‘पीडितमाथि नै उत्तेजक कपडा लगाएको, राति अबेरसम्म घर बाहिर रहेको जस्ता आरोप लगाउने गरिन्छ जबकि अपराधको जिम्मेवार केवल अपराधीमात्र हुन्छ ।’ (एजेन्सी)