३ असार २०८२, मंगलबार | Wed Jun 18 2025


अमेरिकी कंग्रेसद्वारा विवादित कागजात सार्वजनिक, एफबीआईलाई तनाव


0
Shares

जसमा अमेरिकी गुप्तचर निकाय एफबीआईमाथि आफ्नो अधिकारको दुरुपयोग गरेको आरोप लगाइएको छ ।

सो कागजात सन् २०१६ मा भएका अमेरिकी राष्ट्रपति चुनावमा रुसले गरेको हस्तक्षेपबारे राष्ट्रपति डोनाल्ड ट्रम्पको अनुसन्धानसँग सम्बन्धित रहेको छ ।

यो ज्ञापन रिपब्लिकन पार्टीका सांसदले तयार पारेको र गत राष्ट्रपतीय निर्वाचनका अभियानका क्रममा गुप्तचर अनुसन्धानसँग सम्बन्धित रहेको बताइएको छ ।

डेमोक्रेटिक पार्टी यो कागजातलाई सार्वजनिक गर्न रोक्ने पक्षमा छ । डेमोक्रेटिक पार्टीले गुप्त जानकारीमा आधारित यो ज्ञापन सार्वजनिक गरेर ट्रम्पको विरुद्ध जारी अनुसन्धान भड्काउने कोसिस हुने जनाएको छ ।

डेमोक्रेटको विरोधकैबीच कंग्रेसका सभामुख रिपब्लिकन पार्टीका पर्ल रायनले विशेष काउन्सुल रोबर्ट मुलरको नेतृत्वमा भइरहेको अनुसन्धानलाई ज्ञापन सार्वजनिक गर्दा हुने कुनै असर नपर्ने बताएका छन् ।(एजेन्सी)