एजेन्सी । जर्मनीको पूर्वी राज्य स्याक्सनी-अनहाल्टमा भएको राज्य निर्वाचनमा दक्षिणपन्थी पार्टी अल्टरनेटिभ फर जर्मनी एएफडीले ऐतिहासिक सफलता हासिल गरेको छ।
आइतबार सम्पन्न निर्वाचनमा एएफडीले करिब ४४ प्रतिशत मत प्राप्त गर्दै राज्यको सबै भन्दा ठूलो राजनीतिक दल बनेको हाे।यो परिणाम दोस्रो विश्वयुद्धपछि जर्मनीको कुनै पनि राज्य निर्वाचनमा एफडीले हासिल गरेको सबै भन्दा ठूलो सफलता भएको द गार्जियनले जनाएको छ। एएफडीका ३५ वर्षीय प्रमुख उम्मेदवार उलरिष जीगमुन्डले निर्वाचन परिणामलाई जर्मनीको राजनीतिमा नयाँ परिवर्तनको शुरुवात भएको बताउनुभयाे।
निर्वाचन परिणामले जर्मनीका परम्परागत मूलधारका दललाई भने ठूलो धक्का दिएको छ। चान्सलर फ्रेडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टी क्रिश्चियन डेमोक्रेटिक युनियन सीडीयूले करिब १८ प्रतिशत मत मात्रै ल्याएको छ । यो पार्टीका लागि राज्यमा निकै कमजोर परिणाम मानिएको हाे। तर जर्मनीका मुख्यधाराका दलहरूले एएफडीसँग गठबन्धन नगर्ने नीति कायम राख्दै आएका कारण राज्यमा सरकार गठन जटिल बन्ने देखिएको छ ।
एएफडीले आप्रवासन र शरणार्थीसम्बन्धी कडा नीति, रूससँग सम्बन्ध सुधार तथा युरोपेली संघप्रति आलोचनात्मक धारणा लगायतका मुद्दालाई आफ्नो राजनीतिक एजेण्ढ प्रमुख विषय बनाउँदै आएको हाे ।









प्रतिक्रिया दिनुहोस्