Logo २३ भाद्र २०८३, मंगलबार | Tue Sep 8 2026


दिल्लीमा भवन भत्किँदा पाँच जनाको मृत्यु, उद्धार कार्य जारी


130
Shares

काठमाडाैं ।

दक्षिण दिल्लीको सत्य निकेतन क्षेत्रमा एक बहुतले भवन भत्किँदा मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।

दिल्ली सरकारका एक अधिकारीकाअनुसार आईतवार दिउँसो भएको उक्त दुर्घटनापछि भग्नावशेषमा पुरिएकाहरूको खोजी तथा उद्धार कार्य अझै जारी रहेको छ ।

आइतवार दिउँसो करिव १ः३० बजे भवनको बेसमेन्टमा मर्मत कार्य भइरहेका बेला उक्त संरचना भत्किएको आधिकारिक स्रोतले जनाएको छ । मृत्यु हुनेहरूमा केही विद्यार्थी समेत रहेका छन् । दुर्घटनामा घाइते भएका अन्य ६ जनाको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले उक्त दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गर्नुभएको छ । भग्नावशेषमा अन्य मानिसहरू पनि पुरिएको हुनसक्ने आशंकामा सुरक्षाकर्मी र उद्धार टोलीले खोजी कार्यलाई तिब्रता दिएका छन् ।

Skip This