Logo २२ भाद्र २०८३, सोमबार | Mon Sep 7 2026


इजिप्टकी चर्चित टेलिभिजन प्रस्तोता खलिफासहित १२ जनालाई मृ-त्यु-दण्डको फैसला


1.2k
Shares

एजेन्सी। इजिप्टकी चर्चित महिला टेलिभिजन प्रस्तोतासहित १२ जनालाई मृत्युदण्डको सजाए तोकिएको छ।

लागूऔषध तस्करी तथा अवैध सञ्जाल सञ्चालनको अभियोगमा उनीहरूलाई मृत्युदण्डको फैसला सुनाइएको समाचार बीबीसीले प्रकाशित गरेको हाे। विदेशबाट लागूऔषध उत्पादनका लागि आवश्यक कच्चा पदार्थ आयात गर्ने तथा अवैध नशालु पदार्थ तयार गरी बिक्री-वितरण गर्ने कार्यमा उनीहरु दोषी ठहरिएका छन् ।

अनुसन्धानका क्रममा अधिकारीहरूले ७ सय ५० किलोग्राम भन्दा बढी तयारी लागूऔषध तथा कच्चा पदार्थका साथै अवैध हतियार र गोलाबारुद बरामद गरेका थिए । अदालतमा २० जना साक्षीको बयानसँगै अडियो तथा भिडियो क्लिप लगायत विद्युतीय प्रमाण पनि पेश गरिएको थियो ।

इजिप्टमा अपराध सम्बन्धी चर्चित कार्यक्रम सञ्चालन गर्दै आएकी सारा खलिफाले भने आफूमाथि लगाइएका सबै आरोप अस्वीकार गरेकी छन् । गत वर्ष अदालतमा बयान दिँदै उनले एन्टी–ड्रग्स एजेन्सीको कार्यालयमा तस्बिर खिच्ने क्रममा मात्रै आफ्नो जीवनमा पहिलो पटक लागूऔषध देखेको दावी गरेकी थिइन् ।

अदालतले गत महिना नै प्रारम्भिक फैसला सुनाएको भए पनि इजिप्टको कानूनी प्रक्रिया अनुसार मृत्युदण्ड सम्बन्धी फैसलालाई औपचारिक रूपमा सदर गर्न धार्मिक प्रमुख ‘ग्र्यान्ड मुफ्ती’ को राय लिनुपर्ने व्यवस्था छ । उक्त राय लिएपछि अदालतले फैसला औपचारिक रूपमा फैसला सुनाएको हो ।

मृत्युदण्डको फैसला भए पनि अभियुक्तहरूका लागि कानुनी बाटो पूर्ण रूपमा बन्द भएको छैन । उनीहरूसँग इजिप्टको सर्वोच्च अदालतमा फैसलाविरुद्ध पुनरावेदन गर्न सक्ने भएका हुन् । पुनरावेदनपछि फैसला कायम रहने, सजायमा परिवर्तन हुने वा पुनः सुनुवाइको आदेश हुन सक्नेछ ।