१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


‘दरबारमार्ग होटल बलात्कार घटनामा प्रहरीको कमजोरी’


0
Shares

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रहरी उपरीक्षक रामदत्त जोशीको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले परिसरमा बिहीबार बुझाएको प्रतिवेदनमा महानगरीय प्रहरी वृत्तका अधिकारीहरु पीडित पक्षलाई आर्थिक प्रलोभन देखाइ मिलापत्र गराएर अपराध लुकाउने र छिपाउने काममा संलग्नता देखिएको जनाएको छ ।

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक तिलक भारतीलाई कार्यालय प्रमुखबाट हटाइएको तथा प्रहरी निरीक्षक लक्ष्मणसिंह ठकुरी र प्रहरी नायब निरीक्षक चन्द्रबहादुर भण्डारीलाई निलम्बन गरी तीनैजनालाई ‘उपर हदैया’सम्मको कडाभन्दा कडा कारबाहीको सिफारिससमेत भएको र मुद्दा अनुसन्धानकाक्रममा निजहरुले फौजदारी दायित्व वहन गर्नुपर्ने देखिएमा प्रचलित कानुनबमोजिम कारबाहीसमेत अगाडि बढाइने परिसरले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त घटनामा परिसरबाटै पीडितको जाहेरी दरखास्त लिइ घटनामा संलग्न भनी किटान भएका अभियुक्तहरु शैलेश कार्की, विकास गौतम, दीपक श्रेष्ठ र रवि पौडेलको खोजी जारी रहेको परिसरले जनाएको छ । रासस