३२ असार २०८२, बुधबार | Thu Jul 17 2025


गोठमा पराल हाल्न गएकी बालिका बलात्कृत, आरोपी भगाइए


0
Shares

बिहीबार बेलुका घरनजिकै रहेको गोठमा गाईवस्तुलाई पराल हाल्न गएकी बालिकालाई मदिराले लठ्ठीएका गाउँकै २४ वर्षीय सुरेश ठाकुरले मुख थुनेर बलात्कार गरेको जनाएको छ ।

बलात्कारपछि अत्याधिक रक्तश्राव हुँदा उनलाई उपचारका लागि जिल्ला अस्पताल सिरहा ल्याइएको थियो ।

सिरहा अस्पतालमा उपचार सम्भव नभएपछि लहानको एक निजी अस्पतालमा पीडित बालिकाको उपचार भइरहेको र उनको अवस्था गम्भीर रहेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक शेखर कोइरालाले बलात्कारमा संंलग्न ठाकुर फरार रहेकाले पक्राउ गर्न प्रहरी परिचालन गरिएको जानकारी दिए ।

उनले पीडित परिवार बालिकाको उपचारमा लागेकाले ढिलोगरीमात्र किटानी जाहेरी परेको बताए ।

घटनाको सूचना पाएलगत्तै ठाकुरलाई पक्राउ गर्न प्रहरी टोली गाउँ पुगेपनि बाबु रामलखन र दाजु जमिन ठाकुरले आरोपीलाई भगाएको प्रहरी उपरीक्षक कोइरालाको भनाइ छ ।

‘मुख्य आरोपी फरार गराइएपछि तत्काल अनुसन्धानका लागि मतियारको काम गर्ने बाबु र दाजुलाई नियन्त्रणमा लिएका छौं’–उनले भने ।