२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सस्तोमा सुन दिने भन्दै ठगी गरेको अभियोगमा पक्राउ


0
Shares

पक्राउ पर्नेमा दाङ घोराही–४ घर भई हाल काठमाडौं, बुढानिलकण्ठ बस्ने ३२ वर्षीय नरेन्द्र महरा, दार्चुला भगवती–४ घर भई हाल ललितपुर बुङमती बस्ने ३३ वर्षीय ईन्द्रसिंह धामी र २८ वर्षीय भुपेन्द्रसिंह धामी तथा चितवन कालिका नगरपालिका–१ घर भई हाल काठमाडौं टेकु बस्ने २४ वर्षीय बिलाश पराजुली छन् ।

उनीहरुलाई २० लाख ५० हजार रुपैयाँ, आईफोन ६ थान र बा११च ७६४२ नम्बरको स्विफ्ट गाडीसहित प्रहरीले पक्राउ गरेको हो ।

साथै पक्राउ परेका नरेन्द्र महराको साथबाट बरामद भएको आईफोनमा रेडपाण्डाको छालाको फोटो देखेपछि अनुसन्धान गर्ने क्रममा दुर्लभ बन्यजन्तु रेडपाण्डाको छाला १ थान झोलामा बोकी हिँडेको अवस्थामा काठमाडौं महानगरपालिका–६ बस्ने भरत विलाश पराजुलीलाई काठमाडौ कपन शिव मन्दिरबाट प्रहरीले पक्राउ गरेको थियो ।

पराजुलीलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यलाय, हात्तिसार पठाइएको प्रहरीले जनाएको छ ।