Logo ३ चैत्र २०८२, मंगलबार | Wed Mar 18 2026


चिकित्सकमाथि आक्रमण गर्नेलाई कारबाही गर्न माग


0
Shares

संघले सोमबार विज्ञप्ति जारी गर्दै जिल्ला अस्पताल डोटीमा कार्यरत् डा. जीतेन्द्रकुमार सिंहमाथि भएको आक्रमणका दोषीलाई तत्काल कारबाहीको माग गरेको हो ।

संघका महासचिव डा. लोचन कार्कीले भने–‘यस्ता प्रकारका आपराधिक क्रियाकलाप यथाशीघ्र बन्द गर्दै घटनाका दोषीलाई कडाभन्दा कडा कानुनी कारबाही गरियोस्, कारबाही नभएमा संघ जस्तोसुकै कदम चाल्न बाध्य हुनेछ ।’

जिल्ला अस्पताल डोटीमा कार्यरत् डा. जीतेन्द्र सिंहमाथि आइतबार अपराह्न २ः३० बजे आक्रमण हुँदा उनको टाउको, हातलगायतमा गम्भीर चोट लागेको छ भने नाथ्री फुट्नाका साथै दाँतसमेत भाँचिएको छ । उहनको डोटीमै उपचार भइरहेको बताइएको छ । रासस