Logo २१ जेष्ठ २०८३, बिहिबार | Thu Jun 4 2026


जिल्ला अस्पताल ओखलढुङ्गाको हविगत (भिडियाे रिपोर्ट)


273
Shares

शुभकला राई, ओखलढुंगा । ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटार र अस्पताल व्यवस्थापन समिति विवादमा तानिएको छ ।

नियमविपरित विज्ञापन नखुलाइ नियुक्त गरिएका एमडीजीपी चिकित्सकलाई आन्तरिक स्रोतबाट मासिक ३ लाख ५० हजार तलब खुवाउँदा अस्पताल टाट पल्टिएको छ । चिकित्सकले अस्पताल छाडेर हिँडेपछि मेजर शल्यक्रिया सेवा समेत बन्द भएको छ ।

ओखलढुंगाको जिल्ला अस्पताल रुम्जाटारमा स्थापनाको ६७ वर्षपछि सुरु भएको मेजर शल्यक्रिया सेवा अस्पताल प्रशासन र व्यवस्थापन समितिको लापरवाहीका कारण चार महिनादेखि बन्द भएको छ ।

अस्पताल व्यवस्थापन समितिले दरबन्दी नै नभएको नवौँ तहमा विज्ञापन समेत नगरी सोझै एम.डी.जी.पी डाक्टर सञ्जय पोखरेललाई मासिक ३ लाख ५० हजार रुपैयाँ तलब दिनेगरी नियुक्त गरेपछि यो संकट निम्तिएको हो ।