Logo २९ आश्विन २०८३, बिहिबार | Thu Oct 15 2026


शान्ति सम्झौताका बाबजुद पनि अमेरिकाप्रति गहिरो अविश्वास भने कायमै रहेकाे इरानकाे निष्कर्ष

अमेरिकी नेताको लामो इतिहासको गलत कामका कारण गहिरो अविश्वास उत्पन्न

13
Shares

एजेन्सी । इरानको विदेश मन्त्रालयले सोमबार युद्ध अन्त्य गर्ने उद्देश्यका साथ सहमति भएता पनि अमेरिकाप्रति ‘गहिरो अविश्वास भने कायमै रहेकाे जनाएको छ ।

इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बघाईले पत्रकारहरूसँग कुरा गर्दै यस्ताे बताउनुभएकाे हाे । उहाँले ‘दुर्भाग्यवस, अमेरिकाप्रति इरानको गहिरो अविश्वास अमेरिकी नेताहरूको लामो इतिहासको गलत कामका कारण उत्पन्न भएको बताउनुभयाे ।

उहाँले अमेरिकाले इरानी जनताको विश्वास जित्न अझै लामो यात्रा बाँकी रहेकाे समेत बताउनुभएकाे छ। प्रवक्ता बघाईले गत फेब्रुअरीको अन्त्यमा शुरु भएको युद्ध रोक्ने पहलका लागि तयार पारिएको यो प्रस्तावको ढाँचा ‘तनाव कम गर्ने र युद्ध अन्त्य गर्ने दिशामा एक कदम मात्र भएकाे बताउनुभयाे ।