Logo ३१ आश्विन २०८२, शुक्रबार | Fri Oct 17 2025


कामपामा विषयगत कामको बाँडफाँट


0
Shares

बुधबार राजधानीमा बसेको बैठकले नगर कार्यपालिकाको विद्यमान संगठन संरचनामा रहेका ११ ओटा विभाग हेर्ने गरी वडाध्यक्षको संयोजकत्वमा कार्यपालिकाका सबै सदस्य कुनै न कुनै समितिमा पर्ने गरी जिम्मेवारी बाँडेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत धनिराम शर्माकाअनुसार जिम्मेवारी तोकिएका समितिमा सुशासन, वित्त, सामाजिक, विधायन, राजश्व, पूर्वाधार, वातावरण, सूचना प्रविधि, विपद् व्यवस्थापन र भवन व्यवस्था समिति रहेका छन् ।

सुशासन समिति संयोजकमा नवराज पराजुली (वडाध्यक्ष वडा नम्बर–३२), वित्त समिति संयोजकमा शोभा सापकोटा (वडाध्यक्ष वडा नम्बर–१४), सामाजिक समिति संयोजकमा मुकुन्द रिजाल (वडाध्यक्ष वडा नम्बर–१६), विधायन समिति संयोजकमा हीरालाल तण्डुकार (वडाध्यक्ष वडा नम्बर–११) र राजश्व समिति संयोजकमा नवीन मानन्धर (वडाध्यक्ष वडा नम्बर–१७) रहेका छन् ।

त्यसैगरी, पूर्वाधार समिति संयोजकमा दीपक केसी (वडाध्यक्ष वडा नम्बर–३), वातावरण समिति संयोजकमा विकास डंगोल (वडाध्यक्ष वडा नम्बर–१२), भवन व्यवस्था समिति संयोजकमा चिनियाँमान बज्राचार्य (वडाध्यक्ष वडा नम्बर–२७), सूचना प्रविधि समिति संयोजकमा ईश्वरमान डंगोल (वडाध्यक्ष वडा नम्बर–१५), सम्पदा तथा पर्यटन समिति संयोजकमा न्हूच्छेकाजी महर्जन (वडाध्यक्ष वडा नम्बर–१८) र विपद् व्यवस्थापन समिति संयोजकमा नीलकाजी शाक्य (वडाध्यक्ष वडा नम्बर–२५) रहेका छन् ।

यसैबीच, बैठकले २८ गते सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको विमान दुर्घटनामा परी असामयिक मृत्यु हुनेहरुको सम्झनामा शोकप्रस्ताव पारित गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गरेको छ । रासस