२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


प्रदेश–२ का मन्त्री भन्छन्–‘योगी आदित्यनाथ जनकपुर आउने जानकारी छैन’


0
Shares

नवीन सिंह (इमेज)

जनकपुर, मंसिर ७ । प्रदेश नम्बर–२ का आन्तरिक मामिला तथा कानुुनमन्त्री ज्ञानेन्द्र यादवले रामजानकी विवाह महोत्सवमा भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ जनकपुरधाम आउने जानकारी नभएको दाबी गरेका छन् ।

प्रदेशसभाको शुक्रबार बसेको बैठकमा सांसदहरुका जिज्ञासाको जवाफ दिँदै उनले योगी आदित्यनाथ आउने विषयमा प्रदेश सरकारलाई जानकारी नभएको तर विवाह महोत्सवमा आउने अतिथिको भव्य तरिकाले स्वागत गरिने बताए ।

प्रदेश सरकारले भित्रभित्रै विवाह महोत्सवमा योगी आदित्यनाथ आउने भन्दै गृहकार्य भने गरिरहेको छ ।

लामो समयपछि बसेको बैठकमा सांसद परमेश्वर साहले सार्वजनिक प्रशासनसम्बन्धी प्रतिवदेन पेस गरे ।

प्रदेश सरकारको तर्फबाट भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले प्रदेशिक विद्युत्सम्बन्धी विधेयक २०७५ प्रदेशसभामा प्रस्तुत् गरेका थिए ।