Logo ३० जेष्ठ २०८३, शनिबार | Sat Jun 13 2026


धनुषाबाट सेफ सन्ताेष शाह पक्राउ


1.3k
Shares

काठमाडौं । सेफ सन्तोष साह पक्राउ परेका छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई धनुषाकाे रामानन्द चोकबाटबाट शुक्रबार राति पक्राउ गरेको हो । 

उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साहलाई पक्राउ गरेको पुष्टि गरेको छ । उनलाई बैंकिङ कसुरमा पक्राउ गरिएको एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयाे ।

गैरीधारास्थित एक रेष्टरेन्ट खरिद गर्दा उनले उक्त कसुर गरेको आरोप छ । उक्त रेष्टुरेन्ट एक करोड ३० लाख खरिद गरेको तर केही बाँकी रकम नदिएको उनीमाथि आरोप छ ।