२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


सुन व्यवसायी साजन मुखियाको हत्या आरोपमा दुई जना पक्राउ


0
Shares

झापा, बैशाख ४ । झापा बिर्तामोडका सुन व्यवसायी साजन मुखियाको हत्यामा संलग्न रहेको आरोप लागेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका–५ का २१ वर्षीय ‘मामा भान्जा’ भनिने सुरज चौधरी र बिर्तामोड–२ का २२ वर्षीय राहुल राजेश साह रहेका छन् ।

विशेष सुराकीका आधारमा बिर्तामोडबाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैलाई झापा जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

योसँगै व्यवसायी मुखियाको हत्यामा संलग्न पाँच जना पक्राउ परेको जिल्ला प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख डिएसपी कृष्ण कोइरालाले जानकारी दिए ।

बिर्तामोडको गोर्खा डिपार्टमेन्टल स्टोर नजिक रहेको देवा ज्वेलर्सका सञ्चालक मुखिया फागुन २० गतेदेखि बेपत्ता भएका थिए । त्यसको नौ दिनपछि उनको शव इलाममा फेला परेको थियो ।