बालकको अपहरणपछि हत्या गर्नेलाई ३१ वर्ष कैद र १६ लाख जरिवाना • Image Khabar Image Khabar


बालकको अपहरणपछि हत्या गर्नेलाई ३१ वर्ष कैद र १६ लाख जरिवाना


Imagekhabar
४ बैशाख २०७५, मंगलवार १५:२६

बालकको अपहरणपछि हत्या गर्नेलाई ३१ वर्ष कैद र १६ लाख जरिवाना

जलेश्वर–१२, मलिवारा गाउँबाट नवीन पाण्डेका ११ वर्षीय छोरा ‘क्युट’ भनिने निश्चललाई २०७२ पुस ३० गते साँझ ६ बजे अपहरण गरी जलेश्वर–१३ स्थित रातुखोलाको पुलनजिकै झाडीमा हत्या गरेर गाडेको आरोपमा अदालतले जलेश्वर नगरपालिका–१ बस्ने पप्पु यादव र वडा नम्बर–६ बस्ने २० वर्षीय गोविन्दकुमार मिश्रलाई कर्तव्य ज्यान मुद्दामा सो सजाय सुनाएको हो ।

साथै, दुवैजनालाई जनही करिब रु १६ लाख जरिवानासमेत ठहर गरिएको श्रेस्तेदार रामानन्दप्रसाद अधिकारीले बताए ।

सोही मुद्दामा जलेश्वर–२ बस्ने शिवम चौधरीलाई अदालतले ११ वर्ष कैद र करिब रु १६ लाख जरिवाना ठहर गरेको छ ।

अभियुक्तहरुले बालक पाण्डेलाई मोटरसाइकल चलाउने लोभ देखाएर जलेश्वर–१२ स्थित बसबिसौनीबाट अपहरण गरी लगेर उनका बुवा नवीनसँग ३० लाख भारु फिरौती मागेका थिए ।

बालकले आफू अपहरणमा परेको बुझिसकेर कराउन थालेपछि अभियुक्तले उनको नाक–मुख थिची हत्या गरेका थिए । रासस

प्रतिक्रिया दिनुहोस्