मध्यपुर थिमीका नगरप्रमुखमाथि फलामे रडले आक्रमण • Image Khabar Image Khabar


मध्यपुर थिमीका नगरप्रमुखमाथि फलामे रडले आक्रमण


Imagekhabar
८ बैशाख २०७५, शनिबार १९:१८

मध्यपुर थिमीका नगरप्रमुखमाथि फलामे रडले आक्रमण

साँझ करिब ६ बजे उनको निवासअगाडि घर प्रवेश गर्न लागेका बेला अपरिचित दुई व्यक्तिले ‘मेयरसाब’ भनी बोलाउँदै फलामे रडले प्रहार गरेको घाइते प्रमुख श्रेष्ठले जानकारी दिए ।

आक्रमणपछि घाइते भएका प्रमुख श्रेष्ठको मध्यपुर थिमी अस्पतालमा उपचार भइरहेको छ । घाइते प्रमुखको खुट्टा, दाहिने हात र टाउकोमा चोट लागेको छ ।

आक्रमणपछि प्रमुख श्रेष्ठ भागेर नजिकैको मोबाइल पसलमा गएर लुकेका थिए । त्यसपछि आक्रमणकारीले प्रमुख श्रेष्ठ चढेको बा८च ८७२० नम्बरको गाडीमा तोडफोड गरेर पूर्णरुपमा क्षति पुर्‍याएका छन् ।

आक्रमणकारीको खोजी भइरहेको महानगरीय प्रहरी वृत्त थिमीका प्रहरी नायब उपरीक्षक प्रज्वल महर्जनले जानकारी दिए । रासस

प्रतिक्रिया दिनुहोस्