Logo ५ कार्तिक २०८२, बुधबार | Wed Oct 22 2025


आर्थिक समृद्धिका लागि आद्योगिक क्षेत्रको विकास जरुरी : दाहाल


0
Shares

शुक्रबारदेखि राजधानीमा सुरु भएको ‘१४औं अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सव’को उद्घाटन गर्दै अध्यक्ष दाहालले सक्षम जनशक्तिहरु विदेशिनुपर्ने परिस्थितिको अन्त्यका लागि कृषिमा आधारित औद्योगिक विकासलाई प्राथमिकता दिनुपर्ने बताए ।

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अरु सरोकारवाला निकायहरुको सहकार्यमा नेपाल घरेलु तथा साना उद्योग महासंघले गर्दै आएको प्रदर्शनीको १४औं संस्करण भृकुटीमन्डपस्थित प्रदर्शनीहलमा सुरु भएको हो ।

अध्यक्ष श्यामप्रसाद गिरीले लघु, घरेलु तथा साना उद्योगका उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यका साथ महासंघले महोत्सव गर्दै आएको बताए ।

स्वदेशी वस्तुको उपभोग बढाउन राष्ट्रिय अभियान सन्चालन गर्नुपर्नेमा अध्यक्ष गिरीले जोड दिए ।

महोत्सवमा नेपालसहित भारत, पाकिस्तान, बंगलादेशका गरी १८७ ओटा स्टलहरु राखिएका छन् ।

१ लाख ५० हजार बढीले अवलोकन गर्ने अपेक्षा गरिएको प्रदर्शनीमा करिब १० करोड रुपैयाँको कारोबार हुने अपेक्षा गरिएको छ ।