Logo २५ श्रावण २०८३, सोमबार | Tue Aug 11 2026


नेपाली बजारमा आज फेरि सुनचाँदीको मूल्य बढ्याे


26
Shares

काठमाडाैं । नेपाली बजारमा आइतबार सुनचाँदीको मूल्य बढेको छ।

गत शुक्रबार तोलामा १० हजार पाँच सय रूपैयाँले घटेको सुनको मूल्य आइतबार प्रतितोला ६ सय रूपैयाँले बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघले आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार तीन सय रूपैयाँमा किनबेच भइरहेको जनाएकाे छ।शुक्रबार सुन प्रतितोला दुई लाख ८६ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आइतबार चाँदीको मूल्य पनि बढेको छ। चाँदी शुक्रबार प्रतितोला चार हजार ६ सय ४० रूपैयाँमा कारोबार भएको थियाे । चाँदी आइतबार तोलामा चार हजार ६ सय ९० रूपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ५० रूपैयाँ बढेको हो।

अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔंस चार हजार एक सय ५६ अमेरिकी डलरमा कारोबार भइरहेको महासंघले जनाएकाे छ।