१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


निलम्बित डिएसपी प्रजित केसीलाई कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा


0
Shares

विराटनगर, वैशाख १६ । साढे ३३ केजी सुन तस्करी प्रकरणमा संलग्न भएको आरोपमा निलम्वनमा परेका डिएसपी प्रजित केसीलाई कर्तव्य ज्यान र संगठित अपराध सम्वन्धी मुद्दा लगाइएको छ ।

गत शनिबार पक्राउ गरी विराटनगर लगिएका केसीलाई आइतबार अदालतमा उपस्थित गराइएको हो ।

जिल्ला अदालत मोरङबाट अनुसन्धानका लागि उनलाई थप तीन दिन थुनामा राख्ने म्यादसमेत लिइएको छ ।

यसअघि वहालवाला प्रहरी अधिकृतहरु प्रहरी उपरीक्षक (एसपी) विकासराज खनाल, डिएसपी संजय राउत, सई बालकृष्ण सञ्जेललाई पनि संगठित अपराध र कर्तव्य ज्यान मुद्दामा म्याद थप गरिएको थियो ।

सो प्रकरणमा २८ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको छ ।

पूर्व डिआईजी गोविन्द निरौलालाई पनि संगठित अपराध र कर्तव्य ज्यानको मुद्दा चलाइएको छ ।

गत ७ माघमा यूएईबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै आएको साढे ३३ केजी सुन सम्बन्धित व्यक्तिसम्म नपुगी गायब भएको थियो । सोही घटनासँग सम्बन्धित तीनजनाको शंकास्पद मृत्यु र गायब पारिएको सुनबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।