१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


जिसस सप्तरीका नासु यादव घुससहित रंगेहात पक्राउ


0
Shares

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रहरी निरीक्षक ओमप्रकाश खनाल नेतृत्वको टोलीले यादवलाई राजविराजस्थित जिसस कार्यालयबाटै पक्राउ गरेको हो ।

महुलीखोलाको पुल निर्माण कम्पनीसँग कमिसनबापत एक लाख ३५ हजार रुपैयाँ घुस लिँदैगर्दा यादवलाई पक्राउ गरिएको प्रहरी निरीक्षक खनालले जानकारी दिए ।