२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


पैदल हिँडिरहेका महिलाको घाँटीबाट सुनको सिक्री लुट्ने पक्राउ


0
Shares

काठमाडौं, वैशाख २० । राजधानीका विभिन्न स्थानमा मोटरसाइकल तथा स्कुटर प्रयोग गरी पैदल हिँडेका महिलाको सुनका गहना तथा सिक्री लुट्दै आएका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध महाशाखा टेकुले रौतहटको झुनखुनवा–६ घर भई हाल काठमाडौंको मैतीदेवी बस्दै आएका २४ वर्षीय यासिफ सेखलाई पक्राउ गरेको हो ।

उनका साथबाट चोरीको एक थान सुनको सिक्री चुँडिएको अवस्थामा तथा लुट्न प्रयोग गर्दै आएको एउटा स्कुटरसमेत बरामद भएको प्रहरीले जनाएको छ ।

उनले वैशाख १६ गते उदयपुरको कटारी–२ घर भएकी यमुका राईको घाँटीबाट सुनको सिक्री लुटेको बताइएको छ ।

बुधबार पक्राउ गरिएका उनलाई बिहीबार थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय हरी परिसर काठमाडौं पठाइएको छ ।