१७ असार २०८२, मंगलबार | Tue Jul 1 2025


धनगढीको क्यासिनोमा प्रहरीको छापा, १० लाख भारु बरामद, म्यानेजर पक्राउ


0
Shares

‘किंग्स लंग ग्याबिङ क्लब’को नामले सन्चालित उक्त क्यासिनोमा छापा मारी प्रहरीले २ हजार र ५०० दरका १० लाख ५ हजार भारतीय रुपैयाँ बरामद गरेको छ ।

आइतबार बेलुकी ५ बजेतिर जिल्ला प्रहरी कार्यालय कैलालीका डीएसपी वीरबहादुर बुढामगर नेतृत्वको प्रहरी टोलीले क्यासिनोमा छापा मारेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।

क्यासिनोका म्यानेजर सुजन दाहाललाईसमेत नियन्त्रणमा लिइएको उनले बताए ।

नेपालमा प्रतिबन्धित भारु २ हजार र ५०० दरका नोटको कारोबार हुने गरेको सूचना पाएपछि क्यासिनोमा छापा मारिएको एसपी घिमिरेले जानकारी दिए ।

क्यासिनोका सन्चालकमध्येका एकजना मलेसियन नागरिक मोहम्मद आजाम जोस्फो भने क्यासिनोमै लुकेर बसेपनि प्रहरीले पक्राउ गर्न सकेन । उनी ‘भिजिट भिसा’मा नेपाल आएर क्यासिनोमा काम गरिरहेका छन् ।