२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


नक्कली पेस्तोल देखाएर गुन्डागर्दी, समातिए सुदीप


0
Shares

वृत्तको टोलीले नयाँ बसपार्क, सामाखुसी, वसुन्धरालगायतका क्षेत्रमा नक्कली पेस्तोल देखाएर गुन्डागर्दी गर्दै हिँडेका तारकेश्वर नगरपालिका–१३ का सुदीप गुरुङलाई सोमबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो ।

महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख योगेन्द्रसिंह थापाले व्यापारी तथा होटल व्यवसायीलाई पेस्तोल देखाइ डर, त्रास, धाकधम्की देखाइ रकम माग गरेको भन्ने सूचनाका आधारमा गुरुङलाई नियन्त्रणमा लिएको बताए ।

‘गुरुङले विभिन्न होटल तथा रेस्टुरेन्टमा खाएको पैसासमेत नतिरी हिँड्ने गरेको अनुसन्धानबाट खुल्न आएको छ’–उनले भने । रासस