२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


सुन तस्करीकान्डः अभियुक्त गुरुङको तर्फबाट शम्भु थापा र रमणकुमार श्रेष्ठले बहस गर्ने


0
Shares

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको इजलासमा बिहीबार र शुक्रबार भएको बहसमा वादीको पक्षबाट सातजना सरकारी वकिलले बहस गरेका हुन् ।

उनीहरुले इजलासमा सरकारको तर्फबाट प्रतिवादीहरुले सुन तस्करी र सनम हत्याकान्डमा फेलापरेका तथ्य र प्रमाण पेस गरेका थिए ।

प्रतिवादी तर्फको बहस आइतबारदेखि सुरु हुने जिल्ला अदालत मोरङले जनाएको छ ।

जिल्ला अदालतका स्रेस्तेदार नवराज दुलालकाअनुसार प्रतिवादीको पक्षमा बहस गर्न काठमाडौसहित पूर्वका गरी ७९ जना वकिलले नाम दर्ता गराएका छन् ।

सुन तस्करीकान्डका अभियुक्त भुजुङ गुरुङको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा र रमणकुमार श्रेष्ठले बहस गर्ने बुझिएको छ ।