२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


भारतबाट अवैध रुपमा ल्याइएको ५ क्विन्टल बोइलर कुखुरा बरामद


0
Shares

भैरहवा, जेठ ३ । भारतबाट अवैध रुपमा नेपाल ल्याईंदै गरेको १ लाख ५० हजार रुपैयाँ बराबरको खुकुरा रुपन्देहीमा बरामद भएको छ ।

रुपन्देहीको ओमसतिया गाउँपालिका–२ पटखौलीबाट बोइलर कुखुरा बरामद भएको छ ।

सशस्त्र राजश्व तथा भन्सार गस्ती सुरक्षा गुल्मको मोबाइल गस्ती टोलीका प्रहरी नायव उपरीक्षक श्रीराम कुँवरको नेतृत्वमा रहेको टोलीले ५ क्विन्टल कुखुरा बरामद गरेको हो ।

३ वटा मोटरसाइकलमा लोड गरी ल्याइँदै गरेको अवस्थामा बोइलर कुखुरा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

बरामद कुखुरा क्वारेन्टाईनका चिकित्सक, स्थानीय र प्रहरीको रोहबरमा नष्ट गरिएको छ ।

अवैध रुपमा कुखुरा आयात गर्ने व्यक्तिलाई पशु क्वारेन्टाइन कार्यालय र मोटरसाइकललाई भैरहवा भन्सार कार्यालय पठाइएको डीएसपी कुवँरले बताए ।