२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


होटल तथा गेष्ट हाउसको नाममा यौन धन्दा, सञ्चालिका पक्राउ


78
Shares

सर्लाही, जेठ ७ । सर्लाही सदरमुकाम मलंगवाबाट प्रहरीले होटलमा वेश्यावृत्ति सञ्चालन गर्ने एक होटल सञ्चालिकालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा रौतहटको चन्द्रपुर नगरपालिका– २ घरभई हाल मलंगवा नगरपालिका– ९ मा युनिक होटल एण्ड गेष्ट हाउस सञ्चालन गर्ने ३५ वर्षीया अमृता माया वाइबा रहेकी छिन् ।

जेठ ४ गते होटलबाट पक्राउ परेका केही महिलासँग सोधपुछ गर्दा अमृताले विभिन्न प्रलोभन देखाई यौन कार्यमा लगाउने गरेको बयान दिएका थिए । उनीहरुकै बयानका आधारमा अनुसन्धान गर्दा होटल सञ्चालिका वाइबाले काभ्रे, काठमाडौं, सुर्खेत, झापा लगायतका जिल्लाबाट महिलाहरु ल्याई वेश्यावृत्तिमा संलग्न गराउने गरेको पाइएको सर्लाही प्रहरीका प्रवक्ता एवं डिएसपी राजेश थापाले जानकारी दिए ।

स्थानीयले यसअघि पनि युनिक होटलमा गलत क्रियाकलाप हुने गरेको जानकारी दिएअनुसार अमृतालाई प्रहरीले पटक–पटक सम्झाएर छाडेको थियो । तर उनले सो कार्य बन्द नगरेपछि पुनः पक्राउ गरी मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालतबाट म्याद थप गरी कारवाही प्रक्रिया अघि बढाईएको डिएसपी थापाले बताए ।

सदरमुकाम मलंगवाका कतिपय होटल तथा गेष्ट हाउसमा अझै पनि लुकिछिपी अवैध यौन व्यापार हुने गरेको स्थानीय बासिन्दाले बताएका छन् ।