२१ असार २०८२, शनिबार | Sat Jul 5 2025


पुलबाट ट्रक खस्दा एकजनाको मृत्यु, दुईजना घाइते


0
Shares

धादिङ, जेठ ९ । पृथ्वी राजमार्गकोे बेनिघाट रोराङ गाउँपालिका वडा नं १० को हुग्दी खोलाको पुलबाट ट्रक खस्दा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुईजना घाइते भएका छन् ।

काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना५ख १५६८ नम्बरको ट्रक आज बिहान तीब्र गतिका कारण पुलबाट हुग्दी खोलामा खसेको थियो ।

मृत्यु हुनेमा नवलपरासीको मध्यविन्दु नगरपालिका–१० का २३ वर्षीय शेरबहादुर सोमह मगर रहेका छन् ।

दुर्घटनामा मध्यविन्दु–१० कै मनोज आले र अर्घाखाँचीको गंगा नगरपालिकाका लेखबहादुर घर्ती घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा नवलपुर जिल्ला मध्यविन्दु नगरपालिका वडा नं १० बस्ने २३ वर्षीय शेरबहादुर सोमह मगर छन् । दुर्घटनामा घाइेते हुनेमा मध्यविन्दु १० कै मनोज आले र अर्घाखाँची जिल्ला गंगा नगरपालिका घर भएका लेखबहादुर घर्ती रहेको प्रहरीले जनाएको छ ।

घाइतेहरुलाई प्रहरीले उद्धार गरि राजमार्ग सामुदायिक अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि काठमाडौं पठाएको छ ।