अपाङ्गता भएका एक विद्यार्थीले बनाए डोजर (भिडियो) • Image Khabar Image Khabar


अपाङ्गता भएका एक विद्यार्थीले बनाए डोजर (भिडियो)


Imagekhabar
१३ जेष्ठ २०७५, आईतवार १०:०५

अपाङ्गता भएका एक विद्यार्थीले बनाए डोजर (भिडियो)

म्याग्दी, जेठ १३ । म्याग्दीको मंगला गाउँपालिका–१ कुहूँ पूर्णगाउँका एक अपांग विद्यार्थीले काठ, सिरिन्ज, पाइप र टिन प्रयोग गरेर डोजर बनाएका छन् ।

कुहूँ पूर्णगाउँको राष्ट्रिय जनजागृति माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छात्र प्रेमकुमार पाण्डेले बनाएको सो डोजर विद्यालयमा प्रदर्शन गरिएको छ ।

एउटा खु्ट्टाले राम्रोसँग टेक्न नसक्ने पाण्डेले यसअघि ट्रयाक्टरसमेत बनाएको विद्यालयका प्रधानाध्यापक टेकबहादुर राम्जालीले बताए ।

करिव पाँच दिन लगाएर डोजर बनाएको पाण्डेले जानकारी दिए । गाउँमा बाटो खन्ने समयमा डोजर देखेका पाण्डेले त्यसको राम्रोसँग अवलोकन गरी काठको डोजर बनाएका हुन् ।

भविष्यमा वैज्ञानिक बन्ने उद्देश्य लिएर पढिरहेका पाण्डे पढाइमा पनि अब्वल रहेको प्रधानाध्यापक राम्जालीले जानकारी दिए ।

विकट गाउँको विद्यालयका विद्यार्थीमा रहेको यस्तो प्रतिभालाई उजागर र प्रोत्साहन गर्नुपर्ने स्थानीय बताउँछन् ।

भिडियो हेर्नुंहोस्

प्रतिक्रिया दिनुहोस्