२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


स्पेनमा पेड्रो सान्चेज बने नयाँ प्रधानमन्त्री


0
Shares

काठमाडौं, जेठ १९ । स्पेनका समाजवादी नेता पेड्रो सान्चेज नयाँ प्रधानमन्त्रीमा निर्वाचित भएका छन् ।

बहालवाला प्रधानमन्त्री मारियानो राजोएले संसद्मा विश्वासको मत गुमाएपछि पेड्रो प्रधानमन्त्रीमा निर्वाचित भएका हुन् ।

विश्वासको मत गुमाएर प्रधानमन्त्री पदबाट बाहिरिनेमा राजोए स्पेनी लोकतन्त्रको इतिहासमा पहिलो प्रधानमन्त्री बनेका छन् ।

उनको पक्षमा १८० मत र विपक्षमा १६९ मत परेको थियो भने एक जना सांसद अनुपस्थित भएका थिए ।

सोसलिष्ट पार्टी, विपक्षी पार्टी पुडेमोस, स्पेनको क्याटलान र बास्क्युका क्षेत्रीय पार्टीहरुले पनि पेड्रोलाई मतदान गरेका छन् ।

प्रधानमन्त्रीमा निर्वाचित भएपछि सान्चेजले आफ्नो जिम्मेवारीप्रति आफू सतर्क रहेको बताएका छन् ।

स्पेनको जटील राजनीतिक अवस्थालाई व्यवस्थापन गर्नु आफ्नो मुख्य चुनौती रहेको उनको भनाइ छ ।

उनले आफू वार्ता मार्फत् नै समस्याको समाधान निकाल्ने पक्षमा रहेको स्पष्ट पार्ने वार्ताका लागि आफू खुल्ला रहेको पनि बताएका छन् ।

स्पेनको उत्तरपूर्वी क्याटलोनिया क्षेत्रका पृथकतावादीसँग सम्झौता गर्ने पनि नवनिर्वाचित प्रधानमन्त्री सान्चेजले जोड दिएका छन् ।

उनले निवर्तमान प्रधानमन्त्री राजोएविरुद्ध भ्रष्टाचारको आरोपसहित संसद्मा अविश्वासको प्रस्ताव राखेका थिए ।

अविस्वासको प्रस्ताव विरुद्ध राजोएले विश्वासको मत पु¥याउन नसकेपछि सन्चेज प्रधानमन्त्रीमा निर्वाचित भएका हुन । (एजेन्सी)