१८ असार २०८२, बुधबार | Wed Jul 2 2025


त्रिभुवन विमानस्थलबाट एक लाख २६ हजार डलरसहित चिनियाँ नागरिक पक्राउ


0
Shares

काठमाडौं, कात्तिक १३ । प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैधरुपमा लैजान खोजिएको एक लाख २६ हजार अमेरिकी डलरसहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौंबाट चीनको गोन्जाउ जान लागेको अवस्थामा डिपार्चर एरियाबाट नियन्त्रणमा लिएको र सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

लगेजभित्र लुकाएर लैजान खोज्दा डलर फेलापरेको र यस विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।